ब्लाष्टखबर । राजश्व छलि गरी खैनी (सुर्ती) उद्योग संञ्चालन गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ ।

सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर १० स्थित त्रिबेणी चोक नजिकै रहेको मुक्तिराज ढकालको घरमा कोठा भाडामा लिई खैनी (सुर्ती) उद्योग संञ्चालन गर्दै आएका धरान १३ बस्ने मुकेश कुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका ६ बस्ने बर्ष ३४ को सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले १९ बोरा सुर्ती, स्ट्याम छप दानी, लेटर प्याड, फोन डायरी, राजश्व कार्यालका कागजात, सुर्ती बनाउन प्रयोग हुने विभिन्न कच्चा पदार्थ तथा केमिकलहरु, प्याकीङ् मेसीनकासाथै १२ बोरा रेडिमेट खैनी समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

पक्राउ परेका उनिहरुलाई कर छलि गरी गाेल्डेन टेप्पल नामक उद्योग संञ्चालन गरेको भन्दै धरान १६ का मान बहादुर तामाङले कारवाही गरी पाउँ भनि दिएको सुचनाको आधारमा हिजो बिहान ९ बजे पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका मध्ये अग्रवाललाई गत असोज ५ गते उनिहरुले संञ्चालन गरेको सुर्ती उद्योगमा राति ९ बजे १७ वर्षीय बालिकालाई जबरजस्ति करणीको मुद्धामा म्याद थप भई इलाका प्रहरी कार्यालय बेलबारीमा अनुसन्धान भइरहेको छ ।भने, सुरेश तामाङलाई राजश्व छलि गरेको सामान सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।