ब्लाष्टखबर । धरान १३ मदन आश्रित मार्ग स्थित सडककाे किनारामा रहेकाे नालीमा अटोमेटिक पेस्तोलसहित ५ राउन्ड गोली र पेस्ताेलमा लाग्ने म्यागेजिन फेला परेकाे छ ।
शंकास्पद वस्तु देखिए र प्रहरीलालाई खबर गरेपछि इलाका प्रहरी कायार्लय धरानाट त्यहाँ पुगेकाे प्रहरी टाेलिले उक्त संकास्पद बस्तु निकालेर हेर्ने क्रममा १ थान अटोमेटिक पेस्तोल, ५ राउन्ड गोली र १ थान म्यागेजिन फेला परेकाे कायर्लयका प्रमुख, डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् ।
डिएसपी बस्नेतका अनुसार मेड इन युएसएलेखिएकाे उक्त पेस्तोल कागजभित्र बेरेर पुन: कागजलाई कपडाले बेरिएको अवस्थामा फेला परेकाे हाे ।
पेस्ताेल कहाँबाट र कसरी त्यहाँ पुग्याे भन्नेबारे अनुसन्धान भइरहकाे बस्नेतले बताएका छन् ।