ब्लाष्टखबर । खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा बुटवलकाे एक हाेटलमा गोली चलेको छ ।
सुख्खानगरस्थित कलश होटलमा बसेका ४ जना खाग तस्करीमा संलग्नलाई प्रहरीले नियन्त्रण गर्न खाेज्दा तस्करले प्रहरीको पेस्तोल खोसी गाेलि चलाउँदा उनिहरू मध्य एक जनालाई गाेली लागेकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताएका छन् ।
उनका अनुसार गाेलि लागी घाइते हुनेमा काठमाडौं महानगरपालिकाका राकेश न्यौपाने रहेकाे छन् । उनकाे चिउठाेमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको प्रहरी कार्यालयले जनाएकाे छ ।
घाइतेसंगै रहेका अन्य ३ जना मध्य १ जना विरेन्द्रबहादुर सिंह नाम गरेका भाग्न सफल भएपनि लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा जनाएकाे छ । प्हरीले उनिहरूकाे साथबाट एउटा खागसमेत बरामद गरेकाे जनाएकाे छ ।