ब्लाष्टखबर । संसद् विघटन फिर्ताकाे माग गर्दै सत्तारूढ  नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का नेता तथा कार्यकताहरूले धरानमा विराेध प्रदर्शन गरेका छन् । 

आइतबार बिहान मन्त्रीपरिषदको बैठकबाट संसद विघटनको सिफारिश गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिसकाे अनुमोदन गरेकी थिइन् । संसद् विघटन सिफारिस भएसंगै प्रधानमन्त्री केपी सर्मा ओली र राष्ट्रपति भण्डारीले उक्त कदम प्रति नेकपा भित्र र बाहिरबाट बिराेध भइरहेकाे छ । 

 धरानमा पनि नेकपाका प्रदेश, जिल्ला र धरानका नेता, कार्यकर्ताहरुले संसद विघटनको सिफारिश खारेजको माग गर्दै पार्टी कार्यालय छाताचाेकबाट भानुचाेक सम्म जुलुश  निकालेका थिए । भानुचाेकमा उनिहरूले नाराबाजी गर्नुका साथै  टायर बालेर प्रर्दशन समेत गरेका छन्