ब्लाष्टखबर । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आयोगले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै १५ देखि २१ माघसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्ने बताएको हो ।
आयोगले सो अवधिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर आफ्नो मतदाता नामावलीमा समावेश भएको विवरणमा भएका त्रुटि सच्याउन आग्रह समेत गरेको छ ।
५ पुस २०७७ सम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न लागेको आयोगले जनाएको छ ।
सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको भन्दै आयोगले पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगित समेत गरिसकेको छ ।