विराटनगर । विराटनगरका एक शिक्षकलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय अनुसन्धानको इन्सिपेक्टरमा जागिर लगाइदिने भन्दै ८ देखि २० लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा सिपि भन्ने चित्रप्रसाद ढुङगेल पक्राउ परेका हुन् । 

पक्राउ परेका शिक्षक ढुंगेलले विराटनगरको नाम चलेका विभिन्न कलेजमा अध्ययन गराउँदै आएका थिए । उनी अंग्रेजी विषयका शिक्षक हुन् । तीन जना पीडितले ढुङगेल विरूद्ध महानगरीय प्रहरी परिसर काठमाण्डौंमा उजुरी गरेपछि पक्राउ परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेपछि महानगरीय प्रहरी परिसर पठाएको हो । 

पक्राउ परेका ढुङगेललाई काठमाण्डौं अदालतमा ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता डिएसपी रमेश विष्टले जानकारी दिए ।