देउराली । विराटनगरबाट भारत तर्फ तस्करी हुँदै गरेको डिजलसाहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
बुधबार बिहान अन्दाजी ५ बजेर ५५ मिनेटमा विराटनगर महानगरपालिका ११ स्थित केशलीया सडक खण्डबाट सिटी सफरी तथा मोरसाइकलमा हाली भारत तर्फ लादैगरेको ११ सय लिटर डिजल जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तस्करीमा संलग्न ४ वटा मोटरसाइकल र एउटा सिटी सफरीसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमका को २ स १८०७ नम्बरको सिटी सफरी चालक विराटनगर ११ का ४५ वर्षीय नरेश सहनी र बा १६प ३७०२ नम्बरको मोटरसाइकलसहित चालक सुनसरी जिल्लाको साहेवगंज बसने वर्ष १८ का सुरज साह रहेका छन् ।

प्रहरीले सहनीले चलाइएको सिटी सफारीमा ४ सय लिटर र साहले चलाएको मोटरसाइकलबाट १७५ पलटर डिजल बरामद गरेको थियो ।
प्रहरी कार्यालयका अनुसार चालक फरार भएका अन्य मोटसाइकलहरुमा क्रमसः को ३ प ३३६१, को २ प २४३० र कबो ५ प ८८६७ नम्बरका माटससाइकलमा १७५ लिटरका दरले डिजल बरामद भएको छ ।
सवारी साधन तथा अवैध भन्सार छलिको डिजल सहित पक्राउ परेको दबैजनालाई आवश्यक कारवाहीकालागी मुल भन्सार कार्यालय रानी, विराटनगर बुझाउने कार्या भइरहको उक्त कार्यालयले जनाएको छ ।