ब्लाष्टखबर । धरान १९ स्थित हरियाली सामुदायिक वनमा झुन्डिएकाे अवस्थामा धरान १६ का एक बृद्ध मृत फेला परेका छन् ।

सामुदायिक वनकाे १ नम्बर गेटदेखी करिब २ किलाेमिटर दक्षिण वन क्षेत्रमा रूखकाे हागामा झुण्डिएकाे अवस्थामा धरान १६ जाेरसखुवाका ६० वर्षीय  भोजराज पुरी मृत फेला परेका हुन् ।

ज्याकेट, टाेपी र  माक्स समेत लगाएका पुरीलाई घाँस दाउँरा काट्न जानेले नाइलनकाे डाेरीमा झुण्डिएकाे अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए    । 

घटनाकाे जानकारी पाएसंगै इलाका प्रहरी टाेलीले घटना स्थलमा पुगी अवाश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टम पश्च्यात शव परिवारलाई जिम्मा लगाएकाे कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।

बस्नेतका अनुसार मंगलबार सामान्य पारिवारी विवाद भएकाे अनुसन्धानानमा खुलेकाे छ  ।  ‘सामान्य विवाद भएकाे देखियाे, बेलुकी संगै खाना खाएर सुतेकामा उनि बिहान सबेरै उठेर हिडेका रहेछन् । 

३ वटि छाेरी र श्रीमती रहेछ परिवारमा ’ डिएसपी बस्नेतले भने ।