भण्टाबारी सुनसरीको कोशी गाउँपालीकामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

कोशी गाउँपालीकाको सहयोगमा मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालीका ५ कुम्याहीको आयोजनामा आइतबारबाट अध्यक्ष फुटबल प्रतियोगिता सुरु भएको हो ।

उक्त फुटबल प्रतियोगिताको एक कार्यक्रमका बीच कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरे । फुटबल प्रतियोगिता उद्घाटन गर्दै गाउँपालीका अध्यक्ष अन्सारीले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादन गर्न खेलकुद प्रतियोगिता अपरिहार्य भएको बताए । कोशी गाउँपालीका क्षेत्रमा विगतमा जस्तै खेलकुद प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिने उनको भनाइ छ ।

यसैबीच उद्घाटन खेलमा राजाबास फुटबल क्लब विजयी भएको छ । केराबारी फुटबल क्लबलाई का विरुद्ध गोलले हराउँदै राजाबास विजयी भएको हो ।

विभिन्न १२ वटा टोलिको सहभागिता रहेकोे सो फुटबल प्रतियोगिताको फाइनल खेल आगामी ३० गते हुने मिल्लत स्पोर्टिङ फुटबल क्लबका अध्यक्ष मेमुल हकले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजारसहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने र उपविजेता टिमलाई ४० हजार प्रदान गरिने बताइएकाे छ । यसैगरी उत्कृष्ट हुने खेलाडीलाई नगदसहित सम्मान गरिने आयोजकको भनाइ छ ।

उद्घाटन कार्यक्रममा कोशी गाउँपालीका ५ का वडाध्यक्ष शाह जमाल, सदान्न मण्डल, धर्मेन्द्र विश्वास, शमशाद अन्सारी, श्यामकिशोर मण्डल, वासिक अलि, सशस्त्र प्रहरी बल नेपाल बिओपी श्रीपुरका इन्स्पेक्टर पूर्ण दाहाल, ताहिर मिया, सफिक आलम, नुरुल हक लगायतको उपस्थिति रहेको थियो ।