ब्लाष्टखबर। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेर अघि बसेकाे नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी उक्त बैठक पछिल्लाे राजनीतिक घटनाक्रमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल भएकाे स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बताएका छन्।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै गरेपछि प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेकाे थियाे ।
बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । उनले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए ।

भोलि पनि स्थायी कमिटी बैठक बस्ने भएको छ।