ब्लाष्टखबर । आफ्नै बुबाकाे हत्याकाे आराेपमा ३४ वर्षीय छाेरा पक्राउ परेका छन् ।
५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका–३२ महकुना बस्ने रामकृष्ण कामीलाई प्रहरीले पक्राउ गरेको हाे ।
आइतबार राति बाबु छोराबीच विवाद हुँदा रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । कार्यलयका अनुसार घरको भर्याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भन्ने खबर पाएसंगै पुगेकाे प्रहरी टाेली घटना शंकास्पद देखिएपछि अनुसन्धान अनुसन्धान गर्दा हत्या भएकाे खुलेकाे हाे ।
घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने काठ आग्लाे प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका रामकृष्णलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।