ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

 साँझ ५ बजेका लागी   बैठक बाेलाइएकाे भएपनि छलफलकाे विषयका बारेमा जानकारी नपाएकाे युवा तथा खेलकुद मन्त्री दावा तामाङ बताएका छन् । 

गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो । बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ ।

बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न  प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रतिनिधिसभा बैठक बेलाउने विषयमा छलफल भएको  बताइएकाे छ ।