ब्लाष्टखबर । नेकपाकाे प्रचण्ड–माधव समुहकाे नेकपाकाे संसदिय दलकाे उपनेता सुवास चन्द्र नेम्वाङलाई निलम्बन गरेकाे छ ।
पेरिस डाँडामा आज बसेकाे केन्द्रिय कमिटीकाे बैठकले कारवाही स्वरूप दलकाे उपनेता नेम्वाङलाई ६ महिनाकालागी निलम्बन गरेकाे हाे ।
केन्द्रिय कमिटीकाे बैठक अघि बसेकाे स्थायी कमिटी बैठक बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।
केन्द्रिय कमिटीकाे बैठक नेकपाकाे सचेतकबाट शान्ता चाैधरी , प्रधानमन्त्री ओलीले हालै नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराई, प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापा, महेश बस्नेत, प्रभु साह र कर्णबहादुर थापालाई पनि ६ महिना निलम्बन गरेकाे नेता वर्षमान पुनले बताएका छन्।