ब्लाष्टखबर । धरानकाे चारकाेशे झाडीमा सडिएकाे अवस्थामा मानव शव फेला परेकाे छ ।
धरान ८ तिनकुने देखी केहि तल रहकाे पानिट्याकी नजिकै सडिएर सुकिसकेकाे अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।

उनका अनुसार आज बिहान वन हेरालुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएसंगै घटना स्थल पुगेकाे प्रहरी टाेलीले उक्त स्थानमा मुचुल्का उठाँउने काम भइरहेकाे छ ।
शव पूर्ण रूपमा सडिएकाेले महिला वा पुरूष भन्ने छुट्याउन नसकिएकाे भएपनि लगाPकाे कपडाका आधारमा पुरूष हुनसक्ने डिएसपी बस्नेतले बताएका छन् । उनले भने ' सडिएर सुकिसकेकाे अवस्था छ घटना स्थलकाे कानुनी प्रकृया पुरा गरी पहिचानका लागी आग्रह गर्छाै । '