ब्लाष्टखबर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएकाे  परीक्षणमा दुबैजनाकाे रिपाेर्टमा संक्रमण देखिएकाे  ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार दुबैजनाकाे स्वास्थ अवस्था सामान्य रहेकाे र हाेम आइसाेलेसनमा रहेका छन् ।