सुनसरीमा ६९ जना संक्रमितसहित प्रदेश १ मा ४१७ जना कोरोना संक्रमित थपिएका छन् ।
इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको छ भने भोक्राहानरसिंह, बर्जु र गढीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङमा २४२, झापामा ४४, तेह्रथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ९८ महिला र १ सय २ पुरुषसहित २ सय जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुन्दरहरैंचामा १६, बुढीगङ्गामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनवर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रङ्गेली, ग्रामथान, र पथरीशनिश्चरेमा १–१ छन् भने स्थानीय तह नखुलेका २ जना छन् ।

झापाको दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
तेह्रथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या २ हजार ७६९ पुगेको छ ।
प्रदेश १ मा आज ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।