धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

झापा दमक नगरपालिका–५ की ६५ वर्षीया महिलाको सोमबार बिहान ७ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चूडामणि पोखरेलले जानकारी दिए । उनलाई वैशाख १४ गते धरानमा भर्ना गरिएको थियो । उनको शव नियमानुसार व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा दैनिक सङ्क्रमितको मृत्यु भइरहेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता धरान ११ को एक पुरुषको मृत्यु भएको छ ।