देउराली । नवलपुर जिल्लाकाे देवचुली नगरपालिकाका एक काेराेना संक्रमितलाई ट्यक्टरमा हालेर उपचारकालागी लगिएकाे भिडियाे भाइरल बनेकाे छ ।
एक जना सिकिस्त विरामी रहेका पुरूषलाई ट्याक्टरमा चढाइदै गरेकाे दृश्य यतिवेला सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ । याे भिडियाेमा देवचुली नगरपालिका १३ दलदलेकाे हाे ।
भिडियाेमा देखीएका बिरामी व्यक्ति केहि समय अघि काठमाण्डाैंबाट घर फर्केका चितवनस्थित पुरानाे मेडिकलमा पिसिआर परिक्षण गराएकाे र परिक्षण रिपाेर्टमा काेराेना संक्रमण पुष्टि भएसँगै हाेम आइसाेलेसनमा बसेका अन्दाजी ६२ वर्षीय काफ्ले थरका हुन् ।
भाइरल भएकाे भिडियाे साेमबार अचानक स्वास्थ स्थिति विग्रिएपछि ट्रयाक्टरमा हालेर त्यहाँकाे नगर अस्पतालमा लाने क्रममा खिचिएकाे भिडियाे हाे ।

१३ नम्बर वडा अध्यक्ष डिलबहादुर खत्रीका अनुसार उनमा काेराेना संक्रमण भएसँगै वडा अध्यक्ष खत्रिलाई जानकारी गराएका थिए । खत्रीले भने ' ४ ५ दिन अघिनै काेराेना संक्रमण देखिएकाे थियाे । काेराेना पुष्टि भएपछि मलाई खबर गरेका थिए त्यस विचमा म एकचाेटि हेर्नलाई पनि गए । त्यतिखेर अवस्था समान्य नै थियाे । '
हिजाे स्वास्थमा अचानक खरावी आएकाे र स्वास्प्रस्वासमा समस्या देखिएपछि अस्पताल लानका लागि एम्बुलेन्स खाेजिएकाे थियाे । नगरकाे एम्बुलेन्स पाेखरा गएकाेले एम्बुलेन्स उपलव्ध गराउन नसकिएकाे नगर प्रमुख पुरण कुमार श्रेष्ठले बताएका छन् । नगर प्रमुख भने काेराेना परिक्षण भएकाे र संक्रमित रहकाे स्वास्थ शाखामा जानकारी नगराइएकाे र स्वास्थ अवस्था विग्रएपछिमात्र थाहा पाएकाे बताएका छन् ।
तर वडा अध्यक्ष खत्रीले नगरकाे व्यावस्थापन कमजाेर हुनु र एम्बुलेन्स चालकहरूकाे अमानविय व्यवहारका कारण ट्याक्टरमा हालेर अस्पताल लानु परेकाे बताएका छन् ।
' हामीमा घटना घटिसकेपछि मात्र चेत आउँछ । नगरले एम्बुलेन्स व्यावस्थापन गर्न नसकेकै हाे । नगरकाे एम्बुलेन्स उपलब्ध नभएपछि बाहिरका एम्बुलेन्स चालकहरूसँग सम्पर्क गरीयाे तर काेराेना संक्रमित भएकाेले लान मानेनन् ।अनि ट्याक्टरमा हालेर नगर अस्पताल पुर्याइयाे तर अस्पताल पुर्याउने वितिकै डाक्टरले मृत्यु भइसकेकाे बताउनु भयाे । ' उनले भने ।
उक्त घटनापछि नगरमा एउटा एम्बुलेन्स स्टेनबाइ राख्ने नगर प्रमुख श्रेष्ठले बताएका छन् । आज विहान नगरपालिकामा नगरकाे स्वास्थ सम्बन्धी छलफलका लागि बैठक बस्दै छ ।