धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षाकोठाका १३ विद्यार्थी काेराेना सङ्क्रमित भएका छन । आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन ।
यहाँ एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेको इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादले बताए । ‘उच्च सावधानी कायम गरिएको थियो,’ उनले भने, ‘अकस्मात विद्यार्थीहरू बिरामी हुन थालेपछि परीक्षण गराउँदा यस्तो नतिजा आयो ।’
पहिलो र दोस्रो वर्षका विद्यार्थीको परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले बताए । त्यहाँ कार्यरत प्रशिक्षक तथा कर्मचारी होम क्वारेन्टाइनमा छन् । पोजिटिभ नतिजा आएका मध्ये अधिकांश लक्षणसहितका बिरामी रहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।
संक्रमित मध्ये ८ जनालाई धनकुटाको औद्योगिक ग्राम आइसोलेसन सेन्टरमा राखिएको छ । दुई जना धरान र ३ जना घरैमा छन ।