उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । 

गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाइबीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि बिराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।