ताप्लेजुङ/ ताप्लेजुङमा थप ४८ जना कोरोना संक्रमित थपिएका छन् ।
फुङलिङ बजारको तोक्मेक्षेत्रका ५८ जनाको नमुना परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा २२ पुरुष र २६ जना महिला रहेकाछन् । उनिहरुको स्वाब गत सोमबार संकलन गरेर पठाईएको थियो ।
यसअघि बुधबार मात्रै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६ पुगको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताईन् ।
जसमा पिसिआर विधीबाट पोजेटिभ आएका ९६ जना र एण्टिजेन विधीबाट पोजेटिभ आएका १० जना संक्रमित छन् । वैशाख ९ गतेयता जिल्लामा कोरोनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन्।