मोरङको पथरी शनिश्चरे नगरमा दोस्रो पटकको नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्ममा १९ जना सङ्क्रमित भएका छन् ।

बिहीबार थप ७ जना सङ्क्रमित फेला परेपछि यो संख्या १९ जना पुगेको छ ।

जिल्लाका विभिन्न अस्पतालमा पीसीआर परीक्षणका क्रममा बिहीबार दिउँसो ३ बजेसम्ममा ५ पुरुष र २ महिला गरी ७ जना सङ्क्रमित भएको जानकारी प्राप्त भएको नगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । 

जसमा वडा नम्बर १ का २ महिला र ३ पुरुष, ६ का १ पुरुष, ८ का १ पुरुष रहेका छन् ।

हिजोसम्ममा विभिन्न अस्पतालहरुमा पीसीआर प्रविधिबाट परीक्षण गर्दा ६ पुरुष र ५ महिला गरी ११ जना र नगरको एन्टिजिन परीक्षणमा १ महिला गरी कुल १२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ६ जना निको भई अस्पतालबाट  डिस्चार्ज भएका छन् ।