संखुवासभामा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सङ्क्रमित हुनेको संख्या  ८७ पुगेको छ ।

७३ जना सक्रिय सङ्क्रमित रहेकामा जिल्ला बाहिर उपचारका लागि ७ जना  पठाइएको स्वास्थ्य कार्यालयका प्रवक्ता राषण श्रेष्ठले जानकारी दिए । 

उपचारपछि निको भएर १४ जना घर फर्किसकेका छन् भने बाँकी उपचाररत् छन् । 

हालसम्म जिल्लामा २ सय ४९ जनाको पिसिआर र १०१ जनाको एन्टिजीन परीक्षण गरिएको छ । पिसिआर गर्दा ६९ र एन्टिजीनमा १७ जनामा सङ्क्रमण भेटिएको हो । 

एक जनाको जिल्ला बाहिर कोरोना पोजेटिभ पुष्टि भएको हो । जिल्लामा रहेको संस्थागत आइसोलेशनमा ११ जना र ५५ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने कोरोना सङ्क्रमणका कारण संखुवासभामा मृत्यु भएको छैन ।