प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७९१ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ मा १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएकोमा ३३० महिला र ४६१ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहबीमा ९–९, वराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१ जना सङ्क्रमित थपिएका छन् ।

मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३ जना थपिएका छन् । बुढीगंगामा १३, सुन्दरहरैंचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, बिर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १ जना छन् ।
ताप्लेजुङको फुङलिङमा ४९ जना, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ ।