पेटमा टेपले बाँधेर लागूऔष ल्याउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) दैरयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तको टोलीले लागूऔधषसहित दुई जना युवालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले इटहरी ४ का २४ वर्षीय असिम बस्नेत र सोही ठाउका ३२ वर्षीय पोस्टकुमार विश्वकर्मालाई भारतदेखि ल्याइएको लागूऔषधसहित विराटनगर १६ मुसाहरी टोलदेखि पक्राउ गरेको हो । 

पक्राउ परेका मध्ये  विश्वकर्माको साथबाट कम्बरदेखि माथिको भागमा टेपले बाँधेर लागूऔषध ओसारपसार गरेको भेटिएको थियो । 

सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ ।