सुनसरी जिल्लामा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना सङ्क्रमण देखिएको छ । इटहरी उपमहानगरपालिकामा ४२, धरान उपमहानगरपालिकामा २७, इनरुवा नगरपालिकामा २, दुहबीमा ३, हरिनगर गाउँपालिकामा १, देवानगंजमा ४ र बर्जुमा १ जनामा सङ्क्रमण देखिएको छ ।
जिल्लामा मृत्यु भएका जम्मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १०५४ पुगेको छ । १५६ जना निको भएका छन् भने होम आइसोलेसनमा ११७२ जना छन् । संस्थागत आइसोलेसनमा ३८ जना छन् ।
जिल्लामा एन्टिजेनबाट परीक्षण गराएका १५२ जना सङ्क्रमितको तथ्याङ्क छ भने पीसीआर परीक्षणबाट सङ्क्रमित देखिएका १०७१ जना छन् । जिल्लाभर हालसम्म ७८८६ जनामा कोरोना सङ्क्रमण देखिएको तथ्याङ्क छ ।