वराहक्षेत्रमा कोरोना सङ्क्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

वराहक्षेत्र – ७ बुद्धचोक बस्ने ८५ वर्षीया दिलमाया तामाङको निधन भएको हो ।

ज्वरो आएर निमोनिया भएपछि उपचार गराउन विराटनगरको नोबेल अस्पताल गएकी उनको पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । 

उपचारपछि घर फर्किएकी उनको २० गते  निधन भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । 

यता नगरपालिकामा कोरोना सङ्क्रमित हुनेको संख्या ३० पुगेको सुनसरी स्वास्थ्य कार्यालयले जनाएको छ । 

वराहक्षेत्र नगरको तथ्याङ्कमा भने वडा नं. २, ५, ६, ७, ९ र १० का महिला १३ जना र पुरुष ११ रहेका छन् । १९ देखि ८२ वर्षका सङ्क्रमित मध्ये दुई जनाको धरानस्थित बीपी प्रतिष्ठानमा र विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् रहेको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए । 

सङ्क्रमितमध्ये होम आइसोलेसनमा २७ जना रहेका छन् भने अन्य अस्पताल र संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्कले देखाएको छ ।