सिरहामा कोरोना भाइरसको सङ्क्रमणबाट मिर्चैयामा एक महिलाको मृत्यु भएको छ । मिर्चैयामा दोस्रो लहरको कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । 

मिर्चैया नगरपालिका वडा नं.५ की ४५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि जनकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको ५ घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले  बताए । 

मृत्युपछि पीसीआर जाँच गर्दा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख यादवले जानकारी दिए । यससँगै कोरोनाको दोस्रो लहरमा जिल्लामा सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ ।