ग्रामिण पत्रकार समूह वराहक्षेत्रले कोरोना सङ्क्रमणको दोस्रो लहरबाट बच्न स्थानीय सञ्चारकर्मीलाई सेनिटाइजर र मास्क प्रदान गरेको छ । 

समूहले नगरपालिका ११ वटै वडामा रहेर काम गर्ने नगरका २५ जना पत्रकारलाई  घरमै गएर मास्क वितरण गरेको अध्यक्ष हिरण्य कार्कीले बताए ।

प्रत्येकलाई १ बोतल सेनिटाइजर र २० थान मास्क गरी तीन सय थान मास्क वितरण गरिएको अध्यक्ष कार्कीले बताए । नगरको चक्रघट्टी, चतरा, बयरवन, कालाबञ्जर लगायतक्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । 

कोरोना सङ्क्रमणको दोस्रो लहर खतरनाक रहेकाले जोखिम समेत बढी रहेको हुँदा रोकथामका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको अध्यक्ष कार्कीले बताए ।