प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । १ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएकोमा २६३ महिला र ३१५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धरानमा ४७, सुनसरीमा ११९ सहित प्रदेश १ मा ५७८ सङ्क्रमित थपिएका हुन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप भएका संक्रमितहरुमा मोरङमा २११, झापामा १६८, सोलुखुम्बुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ जना छन् ।

प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहबी र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
सोलुखुम्बुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १ जनामा संक्रमण देखिएको छ । इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५ जना संक्रमित थपिएका छन् भने बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकवm, झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।