विराटनगर/ विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालमा उपचारत दुई पुरुष र एक महिलाको आइतबार विहान मृत्यु भएको हो ।

नोबेलमा आज विहान २: ३० बजे धरानका ६६ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारयण दाहालले जानकारी दिए ।

सोही दिन ३ : ३० बजे विराटनगर १ त्रिवेणी चौक घर भएका ७६ वर्षिय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । आजनै सिरहको कल्याणपुर ४ की ३८ वर्षिय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबलेमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।

शनिबार पनि नोबेलमा उपचारमा क्रममा तीन जना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हनेमा एक महिला र दुई पुरुष रहेको अस्पतालले जाएको छ ।

झापाको मेचीनगर ६ का ६० वर्षिय पुरुष, उर्लाबारी ६ की ३९ वर्षिय महिला र सप्तरीका ३५ वर्षिय पुरुषको उपचारको क्रमममा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।