भण्टाबारी । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका कोशी गाउँपालीका वार्ड नम्बर ५ का ३५ जनाको स्वाव संकलन गरिएको छ ।
कोशी गाउँपालीकाबाट खटिएका स्वास्थ्यकर्मीको टोलिले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको पीसीआर बिधिबाट आइतबार स्वाव संकलन गरिएको हो ।
कोशी गाउँपालीका वार्ड नम्बर ५ का अध्यक्ष शाह जमालका अनुसार घरमै बसेका सर्वसाधारणमा कोभिड १९ जस्तै लक्षण देखिएपछि कोशी गाउँपालीकाबाट स्वास्थ्य संयोजक जमिल अख्तर नेतृत्वमा खटिएका स्वास्थ्यकर्मीको टोलिले ३५ जना सर्वसाधारणको स्वाव संकलन गरेका हुन ।
नयाँ भेरिएण्टको कोरोना भाइरस गाउँ गाउँमा समेत तीव्र गतिमा बढिरहेका बखत लक्षण देखिएकाको स्वाव संकलनसँगै उनीहरूलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले औषधीसमेत वितरण गरेका छन् ।

कोशी गाउँपालीका क्षेत्रमा अवस्था र आवश्यकताअनुरुप एण्टिजेन र
पीसीआर बिधिबाट परीक्षणको दायरा बढाउदै लगिएको अध्यक्ष अन्सारीको भनाइ छ ।