विजयपुर । १ नं. प्रदेशमा कोरोना भाइरसको नमुना संकलन गरि परिक्षण गरेका मध्ये ४५ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ।

१ नं. प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याकंलाई केलाउदा औषतमा ४५ प्रतिशत संक्रमित हुने गरेको देखाएको छ ।  ९ गते कुल १ हजार ८ सय ६४ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ६३ जनामा कोरोना संक्रमण देखियो ।

यो ४० दशमलव ९३ प्रतिशत हो । ८ गते कुल २ हजार ४ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८८ जना कोरोना संक्रमित पुष्टि भएको थियो । उक्त तथ्याकंअनुसार ३६ दहमलव ४६ प्रतिशत हो ।

७ गते कुल २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो ४० दशमलव १७ प्रतिशत हो । ६ गते कुल १ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७३ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संकलित नमुनाको ४७ दशमलव ६९ प्रतिशत १ नं. प्रदेश सामाजिक  विकास मन्त्रलाय अन्र्तगतको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति सचिवालय’ की जनस्वास्थ्य अधिकृत ओम कुमारी राजवंशी प्रदेशमा दैनिक परिक्षण गरिइएको नमुनाको औषतमा  ४५ प्रतिशत भन्दा संक्रमित थपिने गरेको बताइन् ।