विराटनगर/ दोस्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिदै गर्दा निको हुने संक्रमितको संख्या पनि प्रदेश १ मा बढदै गएको छ ।

प्रदेशमा ६३ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार १४ जिल्ला रहेको प्रदेश १ मा ३२ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुने ११ हजार ९ सय ३७ महिला र २० हजार ४ सय २३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा देखिएका संक्रमित मध्ये सबैभन्दा बढी मोरङमा हुने गरेको थियो । तेही भएको कारणले पनि निको हुने सबैभन्दा बढी पनि मोरङ रहेको छ ।

मोरङमा  १४ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् । जसमा  ५ हजार ५७७ महिला र ८ हजार ९१५ पुरुष गरेको मन्त्रालयले जनाएको छ ।

संक्रमणमुक्त हुने मोरङपछि दोस्रोमा सुनसरी जिल्ला पर्दछ । सुनसरीमा  निको हुने ९ हजार ३३५ रहेको छन् । ३ हजार ५८९ महिला र ५ हजार ७४६ पुरुष छन् ।

यस्तै झापामा १ हजार ७८३ महिला र ३ हजार १ सय ८८ पुरुष गरि ४ हजार ९७१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरि धनकुटामा २ सय ३७, भोजपुरमा ९९, खोटाङ्गमा १ सय, उदयपुरमा ५ सय २१, सोलुखुम्बुमा ३७, सङ्खुवासभामा ३ सय ८० र तेह्रथुममा १ सय २७ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ईलामका ५ सय ३, पाँचथरका १ सय ५१, ताप्लेजुङ्गका १ सय ४५ र ओखलढुङ्गाका ४९ जना रहेको मन्त्रालयको अभिलेखमा देखिन्छ ।

जसमा स्थायी ठेगाना नखुलेका ३ सय ३७ महिला र ८ सय ७६ पुरुष गरि १ हजार २ सय १३ जनाले समेत कोरोना परास्त गरेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले बताए । उनले पछिल्लो समय संक्रमणमुक्त हुनेको खंयामा पनि सन्तोषजनक देखिएको जानकारी दिए ।

प्रदेश १ मा हालसम्म ५१ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ सय ६० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा मात्रै ९३ जना कोरोनामुक्त भएका छन् भने ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

Corona-Data