संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपलिका वडा नं. ५ याफुका जंगली च्याउ खाएर विरामी परेकाहरुमध्ये २ जनाको आईसियुमा उपचार भईरहेको छ ।

धरान प्रेषण गरिएको ८ जनामध्ये एक जनाको ज्यान गईसकेको छ भने बाँकीको उपचार भईरहेको छ ।

विरामी रहेकी २१ बर्षिया निर्जला राईको धरानमा आईसियु कक्ष उपलब्ध नभएपछि विराटनगरको लाईफ गार्ड अस्पतालको आईसियु कक्षमा राखिएको छ । भने ८ बर्षिय सन्धन राईलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षामा राखिएको छिमेकी डेविन मेवाहाङले जानकारी दिए ।

उनका अनुसार उनीहरुको उपचारको लागि आर्थिक अभाव भएपछि सबैसंग सहयोगको याचना भईरहेको छ । परिवारका सबै विरामी भएको र आर्थिक स्थिती कमजोर भएकोले उपचारमा समस्या भएको हो  ।

गत शुक्रबार राति जंगलबाट ल्याएको च्याउ खाँदा माइत आएका आमा छोरीसहित ९ जना विरामी भएका छन् छन् । मामा घर आएको ८ बर्षिया रोजिना राईको उपचारको लागि धरान लाने क्रममा बाटोमा नै ज्यान गएको आफन्तले जनाएको छ ।

गत शुक्रबार रातिदेखि घरका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना विरामी परेका थिए ।
शुक्रबार साँझ जंगलबाट फर्किने क्रममा च्याउ टिपेर ल्याई खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई वान्त, झाडापखाला हुन थालेको स्थानीय प्रेम मेवाहाङले जानकारी दिए । 

याफु आधारभूत स्वास्थ्य सेवा इकाईबाट ९ जना मध्ये ८ जनालाई जिल्ला अस्पताल खाँदबारी प्रेषण गरिएको थियो । नौ जनाको परिवार मध्ये बुवा भने याफू आधारभूत स्वास्थ्य ईकाईमा नै उपचार भईरहेको र अन्यको जिल्ला अस्पताल खाँदबारीमा पनि उपचार हुन नसकेपछि रेफर गरिएको थियो ।