संखुवासभा । जिल्लामा हालसम्म १ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
सोमबारसम्ममा ५ सय ७० जना संक्रमित पुगेको छ । भने २ जनाले कोरोनाबाट ज्यान गुमाईसेको छ ।
हालसम्म जिल्लामा ९ सय ४६ जनाको पिसिआर र ५ सय १८ जनाको एन्टिजीन परिक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रवक्ता रोषण श्रेष्ठले जानकारी दिए ।
पिसिआर गर्दा ३ सय ४३ जना र एन्टिजीनमा २ सय १७ जनामा संक्रमण भेटिएको हो । जिल्लामा संस्थागत आईसोलेशनमा ६३ जना र होम आईसोलेशनमा २ सय ९२ जना रहेका छन् ।

जिल्लाका ४ अस्पताल, १ सय ४३ वेड र २ वटा भेण्टिलेटर रहेको छ भने आईसियु कक्ष भने नरहेको स्वास्थ्य कार्यालय जनाएको छ ।