वराहक्षेत्र÷कोभिड–१९ कोरोनाको लकडाउनमा वराहक्षेत्रको विपन्न परिवार लाई, स्थानिय सुनसरी सामुदायिक ए˚एमको लकडाउन टक टाइम कार्यक्रमले संचालन गरेको ‘निभेको चुलो बाल्ने अभियान’ ले राहत वितरण गराएको छ ।
अभियानले नगरपालिकाको विभिन्न वार्डको डेढ दर्जन परिवारलाई खाद्यान र नगद सहयोग उपलब्ध गरएको हो ।
उनीहरुलाई प्रति परिवार चामल १० किलो,खानेतेल १÷२ लिटर, नुन र चिनी १,१ किलो, दाल आधा किलो, लुगाधुने साबुन २, नुहाउने १ गोटा, मास्क र नगद ५ सय रुपैंया सहयोग गरिएको अभियानका संयोजक सुमन बिकलले बताए ।
दुई चरणमा गरिएको अभियानको पहिलो चरणमा, वार्डहरु ३,४,५,६,७,८ र ९ मा ६ र दोश्रो चरणमा वार्ड १ र २ को बिचपानी, बयरबन,सुर्यचौक,बगुवा, सुर्यचौक,लालबस्ती र जब्दी लगायत स्थानका ११ परिवार लाई राहत वितरण गरिएको बिकलले बताए ।

अभियानलाई वराहक्षेत्र नपाको वार्ड नं ८ जीतपुरका सन्जिव आचार्य र ७ नं वार्ड देवीघाट हाल अमेरिकाको क्यालि˚ोर्निया निवासी अनुप का˚्ले द्वयले जनही १०,१० हजार रुपैंया, ९ नं को हुल्कु आधारभुत विद्यालयकी प्रधानअध्यापक सरिता नेपाल दाहाल र सरस्वती माविकी शिक्षिका सकिला सुब्बाले ३,३ हजार रुपैंया र अभियानका सदस्य मुकुन्द श्रेष्ठले ४० किलो चामल सहयोग गरेको उनले बताए ।
राहत वितरण कार्यक्रममा, ए˚एम रेडियो सुनसरी का संचालक समिति सदस्य पुष्प ढुंगाना, कार्यक्रम संचालक सुमन बिकल,संवाददाता आदेश गौतम,रेडियोकर्मी भुमिका रसाईली र सामाजिक रुपमा सक्रिय युवाहरु मुकुन्द श्रेष्ठ, भरत र सुशील घिमिरे सहभागि भएका थिए ।