संखुवासभा । जिल्लाको दुगर्मम सिलिचोङ गाउँपालिकामा नै कोरोना भाईरसको परिक्षण सुरु भएको छ । गाउँपालिकाले एन्टिजीन प्रविधिबाट गाउँपालिकामा नै उक्त सेवा सुरु गरेको हो ।
कोरोना परिक्षणका लागि पालिका भित्रका विभिन्न स्थानमा संकास्पद विरामीहरु फेला परे र खबर भएमा ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रबाट घरैमा गएर वा कुनै स्वास्थ्य संस्थामा गएर परिक्षण गर्ने व्यवस्था गरेको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताए ।
केहि दिन अगाडीबाट सुरु गरिएको यो सेवाको लागि एन्टिजेन किट सिमित रहेको र संकास्पद विरामीहरु थपिएमा थप किट व्यवस्थापनको लागि पहल गरिरहेको स्वास्थ्य शाखा प्रमुख कुलुङले बताए ।
स्वास्थ्य कार्यालय संखुवासभाको समन्वयमा परिक्षणको दरलाई वृद्धि गर्दै लैजाने योजना पालिकाको रहेको छ ।

सिलिचोङमा हालसम्म संकास्पद ३ जनाको परिक्षण गरिएको छ । वडा नं. ३ ताम्कुमा २ जना र वडा नं. १ सिसुवाखोलामा १ जनाको परिक्षण गरिएको तीनै जनाको नेगेटिभ आएको जनाईएको छ ।