विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ युनिटलाई मनकारी संघसंस्थाहरूको सहयोग जुटने क्रममा बढेको छ ।

भेन्टिलेटरस र आइसियूसहितको ६२ शैय्याको कोरोना संक्रमितको उपचार गर्ने कोशि अस्पताल भित्र छुट्टै भवनमा कोभिड युनिट संचालनमा ल्याएपछि मनकारी संघसंस्थाहरूले स्वास्थ्य सामाग्री सहयोग गर्ने  बढेका हुन् ।

कोभिड युनिट संचालनमा आएको दुई दिन बित्न नपाउँदै कोरोना संक्रमितले अस्पतालको शैया भरिएको छ । तर, यहाँ प्रयाप्त मात्रामा अक्सिजन सिलेण्डर छैन । त्यही भएर मनकारी संघसंस्थाहरूको सहयोग आउने क्रमम बढेको छ ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङले कोशी अस्पतालको कोभिड १९ युनिटलाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ ।

कोरोना माहामारीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै हिसान मोरङले सोमबार कोशी कोभिड १९ युनिटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । अस्पताललाई आवश्यक पर्ने अक्सिजन, त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई पिपिइ र सेनिटाईजर लगायतका सामाग्री हस्तान्त्रण गरिएको छ ।

हिसान मोरङमा आवद्ध विराटनगरका एक दर्जन बढी कलेजले आर्थिक रकम जुटाएर ३० थान अक्सिजन सिलिन्डर, २ हजार थान सर्जिकल माक्स १०१ थान पिपिइ सेट, १ सय लिटर सेजिटाईजर, १ सय थान रिजार्भायर लगायत ५ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।

कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कोशी अस्पतालका मेसु डा. चुमनलाल दास लगायत हिसान मोरङका पदाधिकारीहरुको सहभागिता रहेको थियो । हिसानले अस्पतालका मेसु दासलाई सामान हस्तान्तरण गरेको थियो ।

अस्पताललाई मनकारी संघसंस्थाहरुको सहयोग आउने क्रमम जारी रहेको कोशी अस्पतालका मेसु दासले जानकारी दिए । ‘अहिले अस्पतालमा प्रयाप्त अक्सिजन सिलेण्डर छैन । सबै तिरबाट सहयोग आइरहेको छ,’ उनले भने, ‘अहिले २७९ वटा अक्सिजन सिलेण्डर पुगेको छ । हामीलाई ३ सय ५० थान अक्सिजन सिलण्डेर आवश्यक पर्दछ ।’ उनका अनुसार अझै ७० देखि ८० वटा अक्सिजन सिलण्डेर आवश्यक पर्ने जानकारी दिए ।

हस्पिटललाइृ यसअघि विराटनगर महानगरपालिकाले ३० थान, मारुती उद्योगले २५ थान अक्सिजन सिलण्डेर सहयोग गरेको छ । कोशिको कोभिड युनिटमा मंगलबारसम्मा ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।