संखुवासभा । यूनाईटेड वल्र्ड स्कुल्स नेपालले जिल्ला अस्पताल संखुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यूनाईटेड वल्र्ड स्कुल्स नेपालले जिल्ला अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्त्रण गरको हो ।
सोमबार १० थान पिपिई सेट, सर्जिकल मास्क ४ हजार पिस, १ हजार पिस ग्लोब्स्, फेस सिल्ड ५० पिस, सेनिटाइजर ६० लिटर,पल्स अक्सिमिटर ५ पिस लगायतका स्वास्थ्य सामग्री हस्तान्त्रण गरको यूनाईटेड वल्ड स्कुल्स संखुवासभाका उपाध्यक्ष खेमराज खड्काले जानकारी दिए ।
स्वास्थ्य सामग्री जिल्ला समन्वय समितीका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष सुमन शाक्य र अस्पतालका प्रमुख डाक्टर सुन्दरश्याम झा लाई हस्तान्त्रण गरको हो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको स्वास्थ्य सामग्री सहयोग महत्वपूर्ण हुने जिल्ला समन्वय समितीका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष सुमन शाक्य बताए ।
फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै कोरोना संक्रमितको उपचारमा सहज होस् भन्ने उद्देश्यले स्वाथ्य सामग्री सहयोग गरेको उपाध्यक्ष खड्काले बताए ।
यूनाईटेड वल्ड स्कुल्स नेपालले गत बर्ष समेत जिल्ला अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।