पथरीशनिश्चरे/ अमेरिका नेपाल मेडिकल फाउण्डेशन्मार्फत मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरस संक्रमित विरामीका लागि सञ्चालित अक्सिजन सहितको आइसोलेसन सेन्टरमा १५ लाख रुपैयाँ बढीको उपकरण प्रदान भएको छ ।
पथरी काठमाडौं मैत्री समाजको पहलमा पथरीशनिश्चरे घर भएका अमेरिका नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा.भूपेन्द्रकुमार बस्नेतको अगुवाईमा ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन, पीपीइ र एन नाइन्टीफाइभ मास्क सहितका १५ लाख बढी रुपैयाँका सामग्री प्रदान भएको हो ।
मंगलबार नगर अस्पतालमा तत्कालका लागि १५ शैय्याको आइसोलेसन् सेन्टरको उद्घाटन्सँगै पथरी काठमाडौं मैत्री समाजका संस्थापक संयोजक टीकाराम गौतम, वर्तमान अध्यक्ष लक्ष्मीप्रसाद कोइराला, सचिव अशोक खनाल सहितले नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित स्वास्थ्य कर्मचारीहरुलाई ती सामग्री हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सतर्कता अपनाएर नगर उप्रमुख वास्तोलाले आइसोलेसनको उद्घाटन् समेत गर्दै सवैको सहयोग र सहकार्यमा नगरवासीलाई कोरोना संक्रमणबाट मुक्त गर्न आफुहरु लागिपरिरहेको जनाउँदै सहयोगीहरुप्रति धन्यवाद व्यक्त गरेकी छन् । आइसोलेसनमा मंगलबार वडा नम्बर २ का २ पुरुष र १ महिलालाई राखिएको छ ।

आइसोलेशनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गाउन, एन नाइन्टीफाइभ मास्क, सेफ्टी चश्मा, पञ्जा, सेनिटाइजर तथा केही उपकरणका सामग्री उपलब्ध गराएको छ ।
आइसोलेसनका लागि पथरीशनिश्चरे १ को शिव वस्त्रालयका खगेन्द्र भट्टराईले २ थान, त्यस्तै, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भूपाल श्रेष्ठ सहित आवद्ध बेलबारीको भाउन्ने बल्लुचोकस्थित सूर्य एग्रिग्रेटले ३ वटा सिलिण्डर उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयले ५ वटा सिलिण्डर उपलब्ध गराएको छ ।
नगरमा रहेका अक्सिजनका सिलिण्डरलाई यो बेला कोरोना संक्रमितका लागि उपयोग गर्नका लागि उपलब्ध गराउन नगर उपप्रमुख वास्तोलाले आव्हान समेत गरेकी छन् ।
पथरीशनिश्चरेमा मंगलबारसम्ममा प्राप्त रिपोर्ट अनुसार ८० पुरुष र ८० महिला गरी १ सय ६० जना कोरोना संक्रमित भएमध्ये ५३ जना निको भएका छन् । वडा नम्बर १ मा ३९, २ मा २१, ३ मा ११, ४ मा २२, ५ मा ७, ६ मा १४, ७ मा १८, ८ मा ८, ९ मा ९ र १० मा ११ जना संक्रमित भएका छन् ।
आफ्नै घरको आइसोलेसनमा १ सय ४३ जना र अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् ।
सक्रिय संक्रमितको संख्या १ सय रहेको र ७ जनाको मृत्यु समेत भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । नगरमा जेठ २ गते रातिबाट औषधि पसल बाहेक सम्पूर्ण पसल र आवतजावत वन्द गरिएको छ ।
यस क्रममा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । नगरमा जनप्रतिनिधि र कर्मचारीमा पनि संक्रमण देखिएको छ ।