बेलबारी/ मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्वीकृर्ति मागेको छ ।

नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयमा  पत्रचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको हो ।

पहिलो चरणमा १८ बर्ष देखी ४० बर्ष सम्मका ४० हजार दोस्रो चरणमा  ४० हजार डोज खोप स्विकृतिका लागि माग गरीएको नगर प्रमुख सुबेदीले बताए । नगरप्रमुख खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ । 

नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भैसकेको छ उनले भने मन्त्रालयले स्विकृर्ति दिए हामी खोप ल्याउने प्रकृर्या थालिहाल्छौ ।

नागरीक बचाउनमा लागि कुनै पनि कसरवाकि नराख्ने समेत बताए । खोप खरिदका लागि मन्त्रालयसंग यस बारे पटक पटक छलफल भइहेको सुबेदीको बताए ।

बेलबारीमा २ सय ५० जना भन्दा बढि कोरोना सक्रमित रहेका छन भने १० जनाले ज्यान गुमाइसकेका छन ।

नगरपालिकाको आफनै अकसिजन सहितको आइसोलेसन निर्माण गरेको छ भने आफनै एम्बुलेन्स तथा अन्य केहि संघ सस्थाका एम्बुलेन्स समेत नगरपालिकाले लिएर कोराना सक्रमितहरुलाई निशुल्क अस्पताल लैजाने ल्याउने समेत गरीरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।