मोरङ । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सयथान र सर्जिकल मास्क १० हजार थान हस्तान्तरण गरिएको हो । मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिए । 

यसैबीच आइपास नेपालले पनि सामाजिक विकास मन्त्री राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आइपासले उपलब्ध गराएको स्वास्थ्य सामाग्री एबीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङ प्रतिनिधि विष्णु पन्त शर्माले हस्तान्तरण गरिन् । 

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरूमा पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर रहेको छ । १ लाख १८ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शर्माले बताए ।