राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार खेदजनक भएको बताएकी छन् । 

उनले आज ट्वीट गर्दै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति गरिएको दुव्र्यवहार हुनु खेदजनक भएको बताइन् । 

‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ, यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो, राष्ट्रपतिले ट्वीटमा उल्लेख गरेकी छन् । 

उपचारका क्रममा एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले यही जेठ १३ गते साँझ अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि सांघातिक आक्रमण गरेका थिए ।