संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका वडा नं. १ मा ६९ जना कोरोना संक्रमित पुगेको छ ।

शनिबार प्राप्त रिपोर्ट अनुसार १९ जना कोरोना संक्रमित थपिएको छ ।  यो संगै ६९ कोरोना संक्रमित पुगेको हो ।

यसै वडामा गत साता १ जनाको ज्यान भएको थियो भने बाँकीको उपचार भईरहेको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले जानकारी दिए । गत १२ गते स्वाव संकलन गरि धनकुटा फठाईएको थियो ।

नगरपालिका र स्वास्थ्य शाखाको समन्वयमा ३९ जनाको स्वाव पठाउँदा ३२ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको वडाध्यक्ष बुढाथोकीले बताए ।

संक्रमितहरु मध्ये ३ जना वाना प्राथमिक स्वास्थ्य केन्द्रको आईशोलनमा, १ चैनपुर आईशोलेशनमा, १ जना नोवेल अस्पताल विराटनगरमा र बाँकी होम आइसोलेशनमा  उपचार भईरहेको छ ।

वाना प्राथमिक स्वास्थ्य केन्द्रमा ५ वेडको आईसोलेशन सञ्चालित छन् भने । चैनपुरमा सञ्चालित ५० वेडको आइसोलेशन ४ वटा स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिएको छ ।

आईसोलेशन पाँचखपन, चैनपुर, धर्मदेवी र मादी नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो ।