ब्लाष्टखबर । साेमबार साझ धरानमा थप ६५ जना काराेना संक्रमित थपिएका छन् । संगै धरानमा काेराेना संक्रमितकाे कुल संख्या १ हजार ८८९ पुगेकाे उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।
मेहताका अनुसार हालसम्म ३८ जना संक्रमितकाे मृत्यु भएकाे छ भने ६७१ जना सक्रिय संक्रमपत रहेका छन् जसमा ८ जना उपमहानगरले व्यावस्था गरेकाे हरियाले सामुदायिक वनकाे भवनमा रहेकाे आइसाेलेशनमा रहेका छन्।
हालसम्म १ हजार १८० जना संक्रमित संक्रमण मुक्त भएकाे मेहताले बताएका छन् ।