सुनसरी । कोशी गाऊपालिका ३ नहर चोक स्थितबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ बर्षीय मजरुल हक रहेका छन् ।
सोमबार बेलुका ३:३० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले नाईट्रोसन २०० ट्याब्लेट, डाईलक्स डिसि थान-५०२, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।