सिरहा। प्रदेश नं. २ समाजिक विकास मन्त्रालयको परिपत्र अनुसार जिल्ला स्वास्थ्य कार्यलय सिरहाले कोरोना कहरमा खटिने स्वाथ्यकर्मी,सुरक्षाकर्मी, स्वस्थ्य स्वयंसेविका लगायत अग्रपक्तिमा खट्ने सम्पुर्णलाई मिर्चैया,कर्जन्हा र कल्याणपुर नगरपालीका समेतलाई समेटि इलाका प्रहरी कार्यालय मिर्चैयालाई केन्द्र वनाई कोभिडको दोस्रो खोप लगाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको निर्देशन अनुसार जेष्ठ १८ गते मंगलवारदेखि लगाइएको तिन वटै नगरापालिका मिलाएर १८० व्यक्तिहरुले खोपको दास्रो मात्रा लगाएको मिर्चैया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश सिंहले बताए ।