धरान । अवैध औषधिसहित सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरबाट तीनजनालाई पक्राउ गरिएको छ ।
वसन्तपुर बेस क्याम्पसबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल आइपी ५० एमजीको ३४८ पत्ता बरामद गरेको हो । एक पत्तामा १०० क्याप्सुल हुन्छ ।
सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाका लागि कामदार लिएर जाँदै गरेको प्र १–०२–००२ च ४७२७ नम्बरको बोलेरो गाडीलाई नियमित गस्ती गर्ने क्रममा उक्त सामानसहित तीनजनालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा इटहरी उपमहानगरका परीक्षण कुँवर, सवारी चालक सोही स्थानका विजय अधिकारी र हरिनगर गाउँपालिका ६ का नसिम अन्सारीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्थाको कार्यालय विराटनगर पठाइएको जनाइएको छ ।