धरान । एक थान कटुवा पेस्तोलसहित धनुषाको विदेह नगरपालिका ६ तीनकोरिया चोक नजिक मैनाथपुरबाट दुईजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज १० प ८६३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा पेस्तोल बरामद भएको हो । प्रहरीले शहीदनगर नगरपालिका ३ का २५ वर्षीय उतिमलाल पासवान र सोही नगरपालिका २ का १९ वर्षीय निपुल यादवलाई पक्राउ गरेको छ । 

मोटरसाइकलमा सवार उतिमलालको साथबाट पेस्तोल बरामद गरिएको थियो । मोटरसाइकल चालक निपुललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।